शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका २२ वर्षीय रेवती पाण्डेय जोशीको गहुँ थे्रसिङ गर्ने थे्रसरको पट्टामा बेरिएर मङ्गलबार मृत्यु भएको छ ।
गहुँ थ्रेसिङ गरिरहेका बेला दुपट्टा थे्रसरको पट्टामा बेरिँदा जोशीको टाउकोमा गम्भीर चोट लागेको थियो ।
गम्भीर चोट लागेपछि उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा पु¥याइए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए ।
मृतकको शव परीक्षणका लागि महाकाली अस्पताल पु¥याइएको छ ।
प्रतिक्रिया