८ अर्बको आईपीओ ल्याउन लागेको नेपाल इन्फ्रास्ट्रक्चरको नाफा ८४ करोड

३ बर्ष अगाडि

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्म्म ८४ करोड  ७१ लाख १९ हजार खुद नाफा कमाएको छ । बैंकले सोमबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
बैंकको यो नाफा अघिल्लो आवको भन्दा २६.४० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले रु. ६७ करोड १ लाख ५९ हजार खुद नाफा कमाएको थियो ।
हालसम्म बैंकले २५ करोड २० हजार डिपोजिट जम्मा गरेको छ । यस्तै, बैंकले ५७ करोड ४३ लाख ५६ हजार कर्जा विस्तार गरेको छ । यस्तै, बैंकले शेयरमा १२ करोड ३८ लाख ९३ हजार लगानी गरेको छ । 
बिभिन्न पुर्वाधारका आयोजनामा लगानी जुटाउने उद्देश्य सहित सरकार र निजी क्षेत्रको स्वामित्व हुने गरि एक बर्ष अघि यो बैंक स्थापना गरिएको थियो । हाल १२ अर्ब रुपैयाँको चुक्तापुँजी हुने भनिएको यस बैंकले ८ अर्ब रुपैयाँको आईपीओ जारी गर्दै छ, जुन आईपीओ हालसम्मकै ठुलो पनि हो । हाल यस बैंकले बिभिन्न पर्वाधारका आयोजनामा लगानी गर्दै आएको छ । 
यस्तै, बैंकले समिक्षा अवधीमा व्याज मार्फत १ अर्ब २५ करोड ३६ लाख ८३ हजार आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने १ अर्ब २३ करोड रुपैयाँ रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया