शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

३ बर्ष अगाडि

शिखर इन्स्योरेन्सको आज बुधबारदेखि ८७ हजार ४१२ कित्ता शेयर आजदेखि लिलामीमा आएको छ ।
इन्स्योरेन्सले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो।

कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेकोमा ८७ हजार ४१२ कित्ता बिक्री हुन सकेको थिएन । 

उक्त शेयरमा साउन २१ बुधबारदेखि २८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

आवेदकले न्यूनतम ५० कित्ता वा सोभन्दा बढी अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

कोषको शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बोलपत्र पेश गर्न इच्छुकले एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुलसीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयका साथै ग्रीन डेभलपमेन्ट बैंक बागलुङबाट आवेदन दिन सक्नेछन्।

३ बर्ष अगाडि

प्रतिक्रिया