आजदेखि अर्थतन्त्रका सबै क्षेत्र खुला गरेका छौँ, सर्कसको डोरीमा जस्तै पाइला चालाैं : मन्त्री ज्ञवाली

३ बर्ष अगाडि

परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले कोरोनाका कारण किसान देखि उद्योगसम्मका व्यवसाय ठप्प भएको र देशको अर्थतन्त्रमा चाप परेको कारण आजदेखि अर्थतन्त्रका सबै क्षेत्रलाई खुला गरेको बताएका छन् । सरकारले कोरोना संक्रमणको चेनलाई तोड्न र परिक्षणको दायरा बढाउन लकडाउन गरेकाेले लामो समय व्यवसायहरु बन्द गर्दा, देशलाई लकडाउनमा राखेर अगाडि बढ्न सम्भव नहुने भएपछि आजदेखि अर्थतन्त्रका सबै क्षेत्रलाई खुला गरेको बताए । 

‘यसबीचमा हाम्रो देशको अर्थतन्त्रमा गम्भिर प्रभाव पारेको छ, लाखौँको रोजगारी गुमेकको छ, दैनन्दिन रोगारी गरेर खानेहरु मर्कामा हुनुहुन्छ, बैंकबाट ऋण लिएका व्यवसायीहरु संकटमा हुनुहुन्छ, व्यवसाय नभएपछि कर हुन कम भएर मुलुकको अर्थतन्त्रमा चाप पर्ने नै भयो, गुल्मीको रेसुङ्गा नगरपालिकामा आफ्नो पहलमा स्थापना भएको पीसीआर प्रयोगशाला उद्घाटन गर्दै मन्त्री ज्ञवालीले भने, ‘यी सबै कुरालाई ध्यानमा राखेर हामीले आजदेखि अर्थतन्त्रका सबै क्षेत्रलाई खुला निर्णय गरेका छौँ ।’ 

उनले अहिले विश्वमा नै समस्या भएको स्वास्थ्य र आर्थिक गरी दुईवटा संकटको बीचबाट बडो सन्तुलनका साथ जिन्दगीको गाडीलाई अगाडी बढाउनुपर्ने अबस्था आएको बताए । 

‘न हामी व्यवसाय चलाउनुपर्ने भयो, बजार खोल्नुपर्ने भयो यातायात खोल्नुपर्ने भयो त्यसकारण स्वास्थ्य जेसुकै होस भन्ने अबस्थामा छाँै, न त स्वास्थ्य संकट एकदमै बढ्यो अर्थतन्त्र जे सुकै होस भनेर कम्प्रमाईज गर्न सक्ने अबस्थामा छौँ’, उनले भने, एकदममै कठीन घडीमा हामी छाैं ।’

कोडिड रोकथामका लागि लकडाउनका समयमा क्वारेण्टाइन, आइसोलेसन तथा ल्यावहरु स्थापना गर्न मौका पाएको भएपनि व्यवसायमा समस्या भएको बताए । त्यसकारण सर्कसको डोरीमा पाइला चालेजस्तै एकदमै सन्तुलनका साथ काम गर्न उनले जनतालाई आग्रह गर्दै भने ‘मेरो आग्रह छ यहाँहरु सबैलाई जसरी सर्ककमा खेल्ने मान्छे सन्तुलन मिलाएर कदम चालिरहेको हुन्छ, आज हामीले स्वास्थ्य संकट र आर्थिक संकटको विचमा बडो सन्तुलनका साथ कदम चाल्नुपर्ने छ ।’

त्यसका लागि स्वास्थ्य चेतनाका साथ कामहरु अगाडी बढाउन पनि उनले आग्रह गरे । यो नेपालको मात्र समस्या नभई विश्वकै समस्या भएकोले कठीन अबस्था बुझेर स्वस्थ रहँदै काम गर्न पनि उनले आग्रह गरे । उनका अनुसार विश्व अर्थतन्त्रले गएको एकसय वर्षकै सबैभन्दा मन्दी र संकट व्यहोरेको, ४० करोड श्रमिकले रोजगारी गुमाएको, १ अर्ब ६० करोड विद्यार्थी शिक्षा आर्जन गर्ननबाट बञ्चित भएकोले पनि उनले बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया