नेप्सेमा ४२ अंकको गिरावट

६ बर्ष अगाडि

काठमाडौ- निरन्तर ओरालो लागेको नेप्से आज ४१.५६ अंकले झरेको छ । 

नेपाल स्टक एक्सचेञ्जमा सबै परिसूचक नकारात्मक रही एक हजार ३०४ अंकमा ओर्लिएको हो । 

यो एक वर्षयताकै न्यून बिन्दु हो । ‘क’ वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्समा ३.०१ अंकले ओरालो लागेको छ भने नेप्से ३.०९ प्रतिशतले घटेको छ । 

सबैभन्दा बढी बीमा समूहको परिसूचक २८६ अंकले घटेको छ । सेयर बजारमा १५१ कम्पनीको १३ लाख ११ हजार कित्ता सेयर पाँच हजार ९४३ पटक किनबेच भएको छ भने रु ४८ करोड बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया