सिरहाका ४५ उद्योगको दर्ता खारेज

विहीबार, २९ असोज २०७७, ०९ : ५१

घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले आर्थिक वर्ष २०७६र७७ मा सप्तरीका ४५ वटा उद्योगको दर्ता खारेज गरेको छ । 

लामो समयसम्म नवीकरण नगराएका र कुनै कारोबारसमेत नगरेको भन्दै घरेलु तथा साना उद्योग कार्यालय लहानले ४५ वटा उद्योगको दर्ता खारेज गरेको जनाएको छ ।

दर्ता गराएर पनि लामो समयसम्म नवीकरण नगराउने र कुनै कारोबार नगर्ने उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए। 

त्यस्तै आर्थिक वर्ष २०७६र७७ मा सो कार्यालयमा एक हजार १४४ नयाँ उद्योग दर्ता भएको र ४४५ उद्योगको नवीकरण गरिएको समेत प्रमुख यादवले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७५र७६ मा सो कार्यालयले ३० उद्योगको दर्ता खारेज गरेको थियो । 
 

विहीबार, २९ असोज २०७७, ०९ : ५१

प्रतिक्रिया