सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

३ बर्ष अगाडि

काठमाडौं – बिहीबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 
हिजो सुनको मुल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ थियो । आज त्यो बढेर ९५ हजार ७०० रुपैयाँ पुगेको छ । 
यस्तै, तेजावी सुनको मुल्य प्रतितोला रु. ९५ हजार २०० रहेको महासंघको भनाइ छ । 
तर, आज चाँदीको मुल्य भने घटेको छ । हिजो प्रतितोला रु. १२४० रहेको चाँदीको मुल्य आज घटेर १२३० रुपैयाँमा झरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया