काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १ अर्ब २७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले २७२ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो ।
आगमी मंसिर २ गते देखि साउन ३२ गतेसम्मको अवधीका लागि राष्ट्र बैंकले आफ्नो पेन्सन तथा उपदान कोषमा भएको पैसा राख्न लागेको हो ।
राष्ट्र बैंकले बाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख निक्षेप राख्ने बताएको छ । यस्तै, विकास बैंकमा १९ करोड ५ लाख र वित्त कम्पनीमा ६ करोड ३५ लाख निक्षेप राख्ने राष्ट्र बैंकको भनाइ छ ।
उक्त निक्षेप लिनका लागि बैंंकहरुले लिन चाहेको रकम र दिने व्याजदर उल्लेख गरी कात्तिक १६ गते ३ः३० बजे भित्र आवेदन दिनुपर्ने बताइएको छ ।
यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । राष्ट्र बैंकको यो निक्षेप लिनको लागि बैंक तथा वित्तिय संस्था सञ्चालन भएको दुई बर्ष पुगेको, तोकिएको न्युनतम पुँजीकोष कायम भएको, निस्क्रिय कर्जा पाँच प्रतिशत भन्दा कम भएको लगायत विभिन्न ११ वटा शर्त बैंक तथा वित्तीय संस्थाले पुरा गर्नु पर्नेछ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।