अपि पावरको हकप्रदमा आजबाट आवेदन खुला

३ बर्ष अगाडि

अपि पावर कम्पनी लिमिटेडले आज देखि हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री खुला गर्न लागेको हो ।

कम्पनीको उक्त हकप्रद शेयरमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.४७ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

हाल १ अर्ब १९ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको हकप्रद निष्काशनपछि पूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया