ह्वात्तै बढ्यो चियाको निर्यात, ३ महिनामा सवा २ अर्बको निर्यात

३ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा चियाको निर्यात १५०.१० प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको पहिलो ३ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
चालु आर्थिक बर्षको असोजसम्म रु. २ अर्ब १८ करोडको नियाँ निर्यात भएको छ । जुन गत आवको भन्दा बढी हो । गत आवको पहिलो त्रैमासमा ८७ करोड १७ लाख रुैपयाँको चिया निर्यात भएको केन्द्रको तथ्यांकले देखाएको छ । 
यो तीन महिनामा ६९ लाख ९० हजार ५०७ केजी निर्यात भएको छ । गत आवको सोही अवधीमा  ३१ लाख ६८ हजार ९९३ केजी चिया निर्यात भएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया