भूमेमा ४३ क्विन्टल लसुनको बीउ रोपियो

३ बर्ष अगाडि

रुकुमपूर्वको भूमे गाउँपालिकामा यस वर्ष ४३ क्विन्टलभन्दा बढी लसुनको बीउ रोपिएको छ । 

गाउँपालिकाको लसुन पकेट क्षेत्र ९ नं वडाको चुनवाङसहित गाउँपालिकाभर नै ४३ क्विन्टल ५० किलो लसुनको बीउ रोपिएको हो । गाउँपालिका र वडाले अनुदानमा वितरण गरेको लसुनको बीउ यतिबेला कृषकले रोपिसकेका छन् । 

यस वर्ष मात्रै गाउँपालिकाले १३ क्विन्टल ५० किलो र वडाहरुले ३० क्विन्टल लसुनको बीउ कृषकलाई अनुदानमा वितरण गरेका थिए ।
 
गाउँपालिकाभित्रका नौवटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा लसुनको बीउ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्टले बताए। 

यसबाहेक पनि कतिपय वडाले आफ्ना वडाका कृषकलाई आफैँ अनुदानमा लसुनको बीउ वितरण गरेका छन् । 

जिल्लामै पाइने लोक्कल लसुनभन्दा चाइनिज लसुन छिटो फल्ने भएकाले कृषकलाई चाइनिज जातको लसुनको बीउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया