अर्थमन्त्री पौडेलले हटाए पुस्तक आयातमा लाग्ने कर

मंगलबार, २५ कार्तिक २०७७, ०९ : १०

नेपाल सरकारले यस अघि पुस्तक आयातमा लागाउँदै आएको कर हटाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तकका लाग्दै आएको १० प्रतिशत भन्सार कर हटाउने भएको हो ।

बैठकमा अर्थ मन्त्रालयले उक्त प्रस्ताव गरेको थियो । 

यसअघि गत आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका पुस्तक आयात गर्दा १० प्रतिशतका दरले भन्सार महसुल लाग्ने व्यवस्था गरेका थिए भने विष्णु  पौडेल अर्थमन्त्री भएपछि उक्त कर हटेको छ ।

मंगलबार, २५ कार्तिक २०७७, ०९ : १०

प्रतिक्रिया