भारतमा पछिल्लो २४ घण्टामा झन्डै ३८ हजार सङ्क्रमित

३ बर्ष अगाडि

कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकको अग्रपक्तिमा रहेको भारतमा थप झण्डै ३८ हजार मानिस सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ९७५ जना सङ्क्रमित भएका हुन् । 

योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ९१ लाख ७७ हजारभन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका छन् ।

सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाको संख्या भने ८६ लाख पुगेको पनि भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ३४ हजार २१८ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये ४८० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

पछिल्लो एक दिनमा मृत्यु भएकामध्ये १२१ जना केन्द्रीय राजधानी दिल्लीका मात्रै रहेको जनाइएको छ ।  

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको संख्या भने पाँच लाख भन्दा कम रहेको मन्त्रालयले जनाएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया