एनसीसी बैंकले दिनेभयो यस्तो लाभांश

शुक्रबार, ०३ पुस २०७७, २० : ३२

एनसीसी बैंकले आफ्ना लगानीकर्ताहरुका लागी लाभांश घोषणा गरेको छ ।

आज बसेको बैंकको संचालक समितिको बैठकले गत आवको मूनाफाबाट लाभांश घोषणा गरेको हो ।

बैंकले १०.२६९५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारण सभाले पारित गरे पछि मात्र लगानिकर्ताले पाउनेछन् ।

शुक्रबार, ०३ पुस २०७७, २० : ३२

प्रतिक्रिया