कामना सेवा विकास बैंकको शेयर मुल्य समायोजन, कत्ति छ नयाँ मुल्य ?

विहीबार, १६ पुस २०७७, ११ : ५३

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कामना सेवा विकास बैंकको शेयर मुल्य समायोजन गरेको छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गर्ने भए पछि नेप्सेले आज उक्त कम्पनीको शेयर मुल्य समायोजन गरेको हो । 

बैंकले साधारण सभा आगामी पुष २७ गते गर्दै छ । मुल्य समायोजन पछि बैंकको नयाँ शेयर मुल्य प्रतिकित्ता २१६ रुपैयाँ पुगेको छ । यस अघि संस्थाको शेयर मुल्य २२५ रुपैयाँ थियो ।
 
बैंकले गत आवको नाफाबाट ४.४० प्रतिशत बोनस शेयर दिदैंछ । नेप्सेले सोहि आधारमा संस्थाको नयाँ शेयर मुल्य निर्धाण गरेको हो । 
 

विहीबार, १६ पुस २०७७, ११ : ५३

प्रतिक्रिया