एक्सेल डेभलपमेन्ट बैंकको आजबाट शेयर लिलामीमा बिक्री खुला

३ बर्ष अगाडि

काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंकले आज (आइतबार) बाट शेयर लिलामीमा बिक्री खुला गरेको छ  बैंकले कम्पनीहरुको १ लाख ४५ हजार ३१९ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रि खुला गरेको हो ।

बैंकले आरएमडीसी लघुवित्तको २२ हजार ३७० कित्ता, युनाइटेड इन्स्योरेन्सको ९६ हजार ६४९ कित्ता र ग्रामिण विकास लघुवित्तको २६ हजार ३ सय कित्ता सस्थाापक शेयर लिलामीमा बिक्रि खुला गरेको हो ।

युनाइटेडको २४१ रुपैयाँ, ग्रामिणको २६९ रुपैयाँ र आरएमडीको न्युनतम मुल्य प्रतिकित्ता ४८५ रुपैयाँ तोकिएको छ ।

यस्तै लगानी गर्न इच्छुकहरुले माघ ४ गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन् । शेयरमा लगानी गर्नचाहाने इच्छुकहरुले प्रभु क्यापिटल कमलादी र एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय विर्तामोड झापाबाट आवेदन दिन सकिनेछ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया