सिटिजन लाइफ इन्स्योरेन्स सार्वजनिक गर्यो बोनस दर, कुनमा कत्ति ?

३ बर्ष अगाडि

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बोनस दर सार्वजनिक गरेको हो । 

इन्स्योरेन्सले प्रति हजार बीमाङ्कमा २५ रुपैयाँदेखि ७७ रुपैयाँसम्मको बोनस दर दिने भएको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा ३७ रुपैयाँ देखि ७० रुपैयाँ सम्मको बोनस दर निर्धाण गरेको छ । 

साथै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ४४ रुपैयाँ देखि ५५ रुपैयाँ सम्म र वार्षिक अग्रिम भुक्तानी जीवन बीमामा २५ रुपैयाँ देखि ३५ रुपैयाँ सम्म निर्धारण गरेको छ । 

त्यस्तै सिटिजन शुभारम्भ जीवन बीमा योजना (सावधिक) मा ३५ रुपैयाँ देखि ७० रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ । भने सावधिक जीवन बीमा योजनामा ३८ रुपैयाँ देखि ७३ रुपैयाँ सम्म निर्धारण गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया