लाभांश वितरण गर्न सिद्धार्थ बैंकले डाक्यो साधारणसभा

३ बर्ष अगाडि

सिद्धार्थ बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । 

बैंकले गत आवको मुनाफाबाट लगानीकर्ताहरुलाई दिनलागेको लाभांश प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो ।

यस अघि बैंकले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त सभामा बैंकले ग मर्जर तथा एक्वीजिसनमा जानको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक समूहको तर्फतबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्ने विषयमा पनि छलफल गर्नेछ । 

बैंकले माघ १६ गते बिहान ११ बजे, आम्रपाली बैंक्वेटमा बोलाएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया