ज्योति लाइफ इन्स्योरेन्स नयाँ बोनस दर : ४३ देखि ७५ रुपैयाँसम्म

३ बर्ष अगाडि

काठमाडौं- ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको लागि बोनस दर सार्वजनिक गरेको हो ।

इन्स्योरेन्सले प्रति हजार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनस दर दिने भएको छ ।

सावधिक, सावधिक तथा आजीवन बीमालेख अन्र्तगत ९ वर्ष सम्म कायम रहने बीमालेख खरिद गर्ने बीमितले ४३ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । 

यस्तै १० देखि १४ वर्ष सम्मकोले ४५ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोले ५० रुपैयाँ, २० देखि २४ वर्ष सम्मकोले ५५ रुपैयाँ र २५ वर्ष वा त्यस भन्दा मथिको बीमितले ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।

यस्तै अग्रिम भुक्तानी बीमालेख अन्तर्गत १० देखि १४ वर्षको बीमालेखमा ४३ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोमा ४५ रुपैयाँ र २० देखि २४ वर्ष सम्ममा बीमालेख खरिद गर्ने बीमितले ५० रुपैयाँ बोनस पाउने भएका छन् ।

उक्त बोनस दर कम्पनीले भुक्तानी गर्ने बीमालेख अनुसारको दाबीहरुमा तथा चालु बीमालेखहरुमा लागू हुनेछ । 

साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्कोे व्यवस्था नभएसम्म सोही अनुसारको बोनस दर कायम गरिने पनि इन्स्योरेन्सले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया