ज्योति विकास बैंकको वार्षिक सभा माघ १४ गते

३ बर्ष अगाडि

काठमाडौं- ज्योति विकास बैंक लिमिटेडले साधारण सभा गर्ने भएको छ । बैंकले माघ १४ गते आफ्नो तेर्हौं वार्षिक साधारणसभा बोलाएको हो । 

पौष १९ गते बसेको बैंकको संचालक समितिको बैठकले गरेको निर्णयानुसार सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे शुरु हुने भएको छ ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया