शुभम पावर  छैटौं साधारणसभा माघ १६ मा

३ बर्ष अगाडि

काठमाडौं,शुभम पावर लिमिटेडको छैटौं वार्षिक साधारणसभा माघ १६ गते शुक्रबार हुने भएको छ । 

पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले बिहान ११ बजे सभा आयोजना गर्ने जनाएको छ । सभा कमलादी, काठमाडौंमा गर्ने भनिएको भएपनि स्थान तोकिएको छैन ।

सभाले आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति एवंम निजको पारिश्रमिक निर्धारण गर्ने र ठेगाना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया