महालक्ष्मी लाइफ इन्स्योरेन्सले घोषणा गर्यो बीमितलाई दिने नयाँ बोनस दर

३ बर्ष अगाडि

काठमाडौं- महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमितहरुलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ । 

आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांकीय मूल्यांकन गरी बीमितहरुलाई दिने बोनस दर घोषणा गरेको हा ।

बीमा समितिको मिति २०७७ कार्तिक २८ गतेको पत्रबाट स्वीकृति प्राप्त भए बमोजिम कम्पनीले सञ्चालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५/७६ को लागि न्यूनतम ५० रूपैयाँ प्रतिहजारको दरले बोनस दिने घोषणा गरेको छ ।

महालक्ष्मी सावधिक र महालक्ष्मी सरल जीवन बीमा योजनामा प्रति हजार बीमांकमा ५० रुपैयाँ देखि ५२ रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ । 

यस्तै महालक्ष्मी जीवन हेरचार जीवन योजनामा ५० देखि ५१ रुपैयाँ बोनस दर कायम गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया