एनएमबि बैंकले १५ वर्षको लागि उर्जा ऋणपत्र जारी गर्दै

३ बर्ष अगाडि

काठमाडौं- एनएमबि बैंकले १५ वर्षको लागि उर्जा ऋणपत्र जारी गर्ने भएको छ। बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न  भएको हो ।

बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको छ । जसमा ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ भने ९ लाख कित्ता व्यक्तिगत तवरबाट अन्य संस्थागत लगानीकर्ताहरुलाई बिक्री गर्नेछ। 

बैंकको ऋणपत्रमा हिमालयन क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया