निफ्राले माघ २ गतेदेखि ८ अर्बको आईपिओ निष्काशन गर्ने

३ बर्ष अगाडि

काठमाडौ- नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा'ले सर्बसाधारणलाई माघ २ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । 

बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्ने भएको छ। 

कुल आईपिओको ५ प्रतिशत सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने कर्मचारीलाई  ०.०२ प्रतिशत शेयर छुट्याईएको छ।  

बाँकि रहेको शेयर सर्बसाधारणको लागि निष्काशन हुने छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस १० गते शुक्रबार आईपिओ निष्काशनको अनुमति दिएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया