इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?

३ बर्ष अगाडि

आज सम्म कायम शेयरधनीले मात्र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको लाभांश पाउने भएका छन् । 

बैंकले साधारण सभा प्रयोजनार्थ भोलि अर्थात पुस २२ गते बुकक्लोज गर्ने भएका कारणले आज  लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । 

यस अघि कम्पनीले गत आवको मूनाफाबाट १३ प्रतिशतका दरले बोनस शेयर र ५।५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

उक्त प्रस्ताव पारित गर्न कम्पनीले  माघ ८ गते, बिहीबार बिहान १० बजे आफ्नो केन्द्रिय कार्यालय, दरबारमार्गमा ३४ औँ वार्षिक साधारण सभा डाकेको छ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया