हालसम्मकै ठुलो आईपीओ माघ २ गतेदेखि बिक्रीमा आउने

३ बर्ष अगाडि

काठमाडौं – नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले आगामी माग २ गते देखि सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आज आह्वान पत्र सार्वजनिक गर्दै यसको जानकारी दिएको हो । 

बैंकले एक सय रुपैयाँ अंकित दरमा ८ करोड कित्ता शेयर अर्थात् ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्न लागेको हो । यसका लागि धितोपत्र बोर्डले गत हप्ता मात्र अनुमति पनि दिएको थियो । कम्पनीले निष्काशन गर्न लागेको उक्त आईपीओ नेपाली पुँजी बजारमा हालसम्मकै ठुलो पनि हो । 
कुल आईपीओ मध्ये ०.२० प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता बैंकको कर्मचारीको लागि छुट्टाइएको छ । यस्तै, आईपीओ ५ प्रतिशत अर्थात् ४० लाख कित्ता भने सामुहिक लगानी कोषको लागि छुट्टाइएको छ । त्यो अनुसार ७ करोड ५८ लाख ४० हजार कित्ता आईपीओ सर्व सर्वसाधारणले पाउने छन् । 
आईपीओ निकाशन छिटोमा माघ ६ गते बैंकिङ समय पश्चात बन्द गरिने छ । ढिलोमा भने माघ १६ गते सम्म निष्काशन खुल्ला गरिने छ । 
बैंकको जारी चुक्तापुँजी २० अर्ब रहेको छ । हाल बैंकको चुक्तापुँजी रु. १२ अर्ब छ । यो संस्थापक शेयरधनी तर्फको लगानी हो । बैंकले ४० प्रतिशतको मात्रामा सर्वसाधारणलाई शेयर हिस्सा दिने गरि ८ अर्बको आईपीओ निष्काशन गर्न लागेको हो । आईपीओ बाँडफाँड पछि कम्पनीको चुतmापुँजी रु. २० अर्ब पुग्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया