२०२० सम्म निक्षेप संकलन र कर्जा प्रवाह कति ?

३ बर्ष अगाडि

काठमाडौं, २०२० को अन्तिमसम्म बैंक तथा वित्तिय संस्थामा कुल ४२ खर्ब ४३ अर्ब निक्षेप संकलन भएको छ ।

 नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको तथ्याङकले यस्तो देखाएको हो ।

 सोही वर्षको अन्तिमसम्म वाणिज्य बैंकमा ३७ खर्ब ५५ अर्ब निक्षेप संकलन भएको छ भने अन्य बैंक तथा वित्तिय संस्थाहरुमा ४ खर्ब ८७ अर्ब निक्षेप संकलन भएको राष्ट्र बैैकले जनाएको छ ।

यस्तै सोही वर्षको अन्तिमसम्म बैंक तथा वित्तिय संस्थाले कुल ३५ खर्ब ६६ अर्ब कर्जा प्रवाह गरेका छन् ।

कुल कर्जा मध्ये वाणिज्य बैंकले ३१ खर्ब ६३ अर्ब कर्जा प्रवाह गराएको छ ।  अन्य बैंक तथा वित्तिय संस्थाहरुले भने ४ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेका छन्  । राष्ट्र बैंकका अनुसार उक्त अवधिसम्म कर्जा निक्षेप अनुपात  ७३.६९ प्रतिशत कायम रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया