चालु आ.व. को चार महिनामा रिभर्स रिपोमार्फत रु.६० अर्ब निक्षेप संकलन

३ बर्ष अगाडि

काठमाडौं, आर्थिक वर्ष २०७७/७८ को चार महिनामा रिभर्स रिपोमार्फत रु.६० अर्ब र  उपकरणमार्फत् रु.३० अर्ब निक्षेप संकलन गरी कुल रु.९० अर्ब तरलता प्रवाह गरिएको छ  । 

अघिल्लो वर्षको सोही अवधिमा निक्षेप संकलन उपकरणमार्फत रु.३० अर्ब तरलता प्रशोचन भएको थियो भने रिपोमार्फत् रु.३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत रु.५०
अर्ब ५५ करोड गरी कुल रु.९० अर्ब ७ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ७० करोड खुद खरिद गरी रु.२०१ अर्ब ६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २० करोड खुद खरिद गरी रु.१३६ अर्ब ५६ करोड तरलता प्रवाह गरिएको थियो ।

सोही समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब २२ करोड बिक्री गरी रु.१४४ अर्ब ६९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सो अवधिमा अमेरिकी डलर १ अर्ब ४२ करोड बिक्री गरी रु.१६० अर्ब ९६ करोड बराबरको भारतीय रुपैयाँखरिद भएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया