ब्रोकर लाइसेन्स दिएमा दैनिक डेढ अर्ब भन्दा बढी सेयर कारोबार थपिने बैंकका अध्यक्षहरुको भनाई

३ बर्ष अगाडि

बैंक तथा वित्तिय संस्थाहरुलाई ब्रोकर लाइसेन्स दिएमा एकै दिनमा १.५ अरबभन्दा बढी सेयर कारोवार थप्ने भन्दै नेपालका बैंक सञ्चालक समितिका अध्यक्षहरुले सरकारसँग ब्रोकर लाइसेन्स माग गरेका छन् ।

सोमबार अर्थमन्त्री विष्णु पौडेललाई भेट्न पुगेको बैंक तथ वित्तीय संस्थाहरुको छाता संस्था – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले यस्तो माग गरेको हो । 

उनीहरुले ब्रोकर लाइसेन्स पाएमा ७७ जिल्लामा (औषतमा १ जिल्लाको रु २ करोडका दरले) लुकेर बसेको पुँजी मूल प्रवाहमा समाहित गरी बैकिङ प्रणालीमा ल्याउने बताएका छन् । 

‘लगानीकर्ताको लगानी सुरक्षित गर्न, पुजीबजारको विकास एवं विस्तार गर्न र वित्तबजारलाई समेत सहयोग पुर्‍याउनका लागि बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था यथासंभव छिटो गरिनुपर्दछ’, पौडेललाई बुझाएको १८ बुँदे सुझाव पत्रमा उनीहरुले भनेका छन्, ‘किनभने बैक तथा वित्तिय संस्थाहरुलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था तत्काल कार्यान्वयन गर्न सकियो भने ७७ जिल्लाहरुमा (औषतमा १ जिल्लाको रु २ करोडका दरले) लुकेर बसेको पुँजी मूल प्रवाहमा समाहित भइ एकै दिनमा १.५ अरबभन्दा बढी सेयर कारोवारमार्फत बैकिङ प्रणालीमा ल्याउन सकिन्छ ।’

नेपाली बैंकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट रहेको, पूँजीगत आधार र संस्थागत सुशासन राम्रो रहेको र मुलुकभर सञ्जाल रहेको भन्दै उनीहरुले देशैभरी छरिएर रहेका बैंकहरुका शाखा कार्यालयमार्फत बैंकहरुले ग्रामीण इलाका एवं दुरदराजमा समेत पुँजी बजार विस्तार गर्न सक्ने प्रशस्तै संभावना रहेको पनि बताएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया