नारायणी डेभलपमेन्ट बैंकले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

३ बर्ष अगाडि

काठमाडौं, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैंकले हालै बोर्डबाट स्वीकृती प्राप्त शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  शेयर  बाँडफाँटपश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ।

 बैंकले माघ १६ गते, स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा १९ औँ वार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ ।

१९ औँ वर्षिक साधारण सभा प्रयोजनार्थ बैंकले पुस २९ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यसका साथै बैंकले शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनको लागि पनि सोही दिन बुकक्लोज गर्ने बताएको छ। यस अनुसार पुस २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन तथा बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

३ बर्ष अगाडि

प्रतिक्रिया