राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २९ करोड ७८ लाख लगानी गर्ने

३ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा २९ करोड ७८ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले ३६६ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा २३ करोड ८३ लाख रुपैयाँ, विकास बैंकमा ४ करोड ४६ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा १ करोड ४९ लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।  

आगामी माघ १ गतेदेखि २०७८ पुस ३० गतेसम्मका लागि राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा भएको रकम राख्नेछ । राष्ट्र बैंकको यो निक्षेप लिनको लागि बैंक तथा वित्तिय संस्थाले विभिन्न १३ वटा शर्त पुरा गर्नु पर्नेछ । 

यो रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले पुस २४ गते अपरान्ह १२ बजेसम्म राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ । निष्कृय कर्जा(एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको छ । 

लगानी गरिने संस्थाको कुैन पनि  सञ्चाालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरीवाना गरिएका  सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम रहने छैनन् ।

 


 

३ बर्ष अगाडि

प्रतिक्रिया