आज चार कम्पनीको साधारण सभा हुँदै, कुनको कत्ता

३ बर्ष अगाडि

काठमाडौं- चार कम्पनीको आज साधारण सभा हुँदैछ । युनाइटेड मोदी हाइड्रोपावर, बोटलर्स नेपाल तराई, सिनजी पावर डेभलपमेन्ट र हाथवे इन्भेष्मेन्टको साधारण सभा हुने भएको हो ।

युनाइटेड मोदी हाइड्रोपावरको सभा रजिष्ट्रार्ड कार्यालय हेरिटेज प्लाजा २ कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट संचालान हुँदै छ। सभामा हाइड्रोपावरले ५.२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साधारण सभाप्रयाजनकालागि हाइड्रोपावरले पुस ५ गते बुक क्लोज मिति तोकेको थियो ।

त्यसैगरी बोटलर्स नेपाल तराईले कम्पनीको रजिष्टर्ड कार्यालय बालाजुमा दिउँसो २ बजे हुँदै छ । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।
भने सिनर्जी पावर डेभलपमेन्टको २ औँ, १३ औँ,  र १४ औँ साधारण सभा गर्दैछ । कम्पनीको साधारण सभा रजिष्टार्ड कार्यालय नक्साल १ काठमाडौंमा हुँदै छ । 

सभामा कम्पनीले चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज मिति तोकेको थियो ।

हाथवे इन्भेष्टमेन्टले १२ औँ साधारण सभा कम्पनीको रजिष्ट्रर्डको कार्यालय लैनचौर काठमाडौंमा दिउसो ३ बजे गर्दै छ । कम्पनीले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिको रिक्त पदमा प्रतिनिधित्व गर्ने महिला संचालकको निर्वाचन गर्ने भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया