कोरोना बीमामा १६२ आवेदन दावी पाउन अयोग्य, कारण के ?

३ बर्ष अगाडि

काठमाडौं – कोरोना बीमा १६२ ओटा आवेदन दावी पाउन अयोग्य देखिएको छ । बीमा समितिको मंगलबारसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
प्रतिक्षा अवधीमा कोरोना संक्रमण भएका, पीसीआर रिपोर्ट नक्कली भएका र दोहोरो आवेदन परेका गरेर सो बराबरको आवेदन दावीका लागि अयोग्य ठहरिएको हो ।
कोरोना बीमामा भदौं २९ भन्दा अगाडिको बीमालेखमा १५ र त्यसपछिको मा ३० दिनको प्रतिक्षा अवधी लागू हुन्छ । सो अवधीमा कोरोना संक्रमण भएमा दावी पाइदैन । 
यस्तै, कतिपय व्यक्तिको दुई वो सो भन्दा बढी ठाउँबाट बीमा भएको छ । उनीहरु संक्रमित हुदाँ सबै ठाउँबाट दावी पेश गरेका हुन्छन् । तर, बीमा कम्पनीहरुले उनीहरुलाई एउटा मात्र दावी भुक्तानी दिने गरेका छन् । 
यस्तै, कतिपय पीसीआर नक्कली पनि  भेटिएको बताइएको छ । समितिले तथ्यांकमा नै डुब्लीकेट भनेर उल्लेख गरेको छ । त्यो अनुसार कोरोना बीमाको दावी पाउन कतिपय व्यक्तिले नक्कली पीसीआर रिपोर्ट पनि बनाउने गरेको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया