नेपाल क्रेडिट एण्ड कमर्स बैंकको साधारण सभा हुँदै

३ बर्ष अगाडि

काठमाडौं- नेपाल क्रेडिट एण्ड कमर्स बैंकले साधारण सभाको आह्वान गरेको छ । बैंकको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार २३औं साधारण सभा माघ ९ गते शुक्रबार हुने भएको हो । 

सभा बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाडौंमा बिहान १० बजेबाट हुने भएको हो । कोरोनाको जोखिमका कारण सभा भर्चुअल माध्यमबाट सञ्चालन हुने बैंकले जनाएको छ ।

सभामा बैंकले आ।व २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई चुक्त पूँजीको १०.२६९५ प्रतिशत बोनस शेयर र ०.५४०५ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस २१ गते मंगलबार बुक क्लोज मिति गरिसकेको छ । 

 

३ बर्ष अगाडि

प्रतिक्रिया