नेशनल लाइफले बोलायो साधारण सभा, कहिले कहाँ ?

३ बर्ष अगाडि

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्सको ३२ औं साधारण सभा हुँदै छ । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न सभा बोलाएको हो ।

पुस ९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार इन्स्योरेन्सको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा माघ १५ गते सभा हुने भएको छ । सभा भर्चुअल माध्यमबाट बिहान १०ः३० बाट शुरु हुने कम्पनीले जनाएको छ । 

सभाले आ.व. २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र एक करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँको नगद लाभांश वितरण प्रस्ताव स्वीकृत गर्नेछ।

यसैगरी इन्स्योरेन्सले बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अङ्कलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव समेत पारित गर्दैछ ।

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले माघ २ गते शुक्रबार देखि माघ १५ गते बिहीबारसम्म बुक क्लोज गर्ने भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया