प्रभु बैंकद्वारा अस्पताललाई पाँच लाख सहयोग

३ बर्ष अगाडि

काठमाडौं- जिल्ला अस्पताल इलामलाई प्रभु बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ ।

बैंकको इलाम शाखा कार्यालयले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्न ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकको इलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन सङ्ग्रौलाले इलाम जिल्ला अस्पताल इलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रम मार्फत पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकको आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतालमा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने बैंकको विश्वास रहेको छ । 

साथै, बैंकले समाजपयोगी कार्यक्रमहरूलाई आगामी दिनहरूमा समेत निरन्तरता दिँदै जाने बताएको छ ।
 

 

३ बर्ष अगाडि

प्रतिक्रिया