संसद बिघटन विरुद्धको रिटमा आजदेखि अन्तिम सुनुवाई सुरु, कोको छन् संवैधानिक इजालासमा ?

३ बर्ष अगाडि

काठमाडौं – प्रतिनिधिसभा बिघटन विरुद्ध सर्वाेच्चमा परेको रिटहरुमाथि आजेदखि संवैधानिक इजालासमा अन्तिम सुनुवाई सुरु भएको छ । प्रधानन्याधिस चोलेन्द्र समशेर जवराले उक्त रिटहरु संवैधानिक इजलासमा पठाएका थिए, सोही अनुसार नै उक्त इजालसमा यसको सुनुवाई हुन सुरु गरेकोहो । 
केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरेकी थिइन । त्यसपछि त्यो असवैधानिक भएको र प्रधानमन्त्रीलाई त्यो अधिकार पनि नभएको भन्दै सर्वाेच्चमा रिट परेको थियो ।
सवैधानिक इजालसमा प्रधानन्याधीश न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका छन् ।
आजदेखि यसमा निरन्तर सुनुवाई गरेपनि यसमा एक महिना भन्दा बढी समय लाग्ने बताइएको छ । संवैधानिक इजालास बुधबार र शुक्रबार मात्रै बस्छ । त्यो अनुसार यसमा समय लाग्ने बताइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया