नेपालको आर्थिक वृद्धिदर बारे विश्व बैंकको प्रक्षेपण, ०.६ प्रतिशतले बढ्ने

३ बर्ष अगाडि

विश्व बैंकले नेपालको चालु आवको आर्थिक वृद्धिदर बारे प्रक्षेपण गरेको छ ।

बैंकले यस वर्षको आर्थिक वृद्धिदर ०.६ प्रतिशत हुने जनाएको हो । 

सन् २०२१ मा विश्व बैंकले निकालेको पहिलो विश्वव्यापी आर्थिक परिदृष्य रिपोर्ट अनुसार चालू आर्थिक वर्ष अर्थात सन् २०२०\२१ मा नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशत हुनेछ ।

त्यस्तै, विश्व बैंकले गत आर्थिक वर्ष २०७६ र ७७ मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमै सीमित रहेको जनाएको छ । 

यता नेपाल सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशतको बृद्धिदर हुने लक्ष्य लिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया