सिटिजन्स बैंकसँग गाभियो तिनाउ मिसन, छिट्टै कारोबारमा आउने

३ बर्ष अगाडि

सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेड र  तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड बिच प्राप्ति गर्ने अन्तिम सम्झौता भएको छ । 

सिटिजन्स बैंकले “ख” वर्गको इजाजत प्राप्त  तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई  प्राप्ति गरेको हो । 

तिनाउ को प्रधान कार्यालय बुटवलमा रहेको छ भने सिटिजन्सको मुख्य कार्यलय नारायणहिटी पथमा रहेको छ । 

आज दुई  बैंक बिच अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।

अब दुवै बैंकले आ—आफ्नो विशेष÷साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिनेछ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया