सानिमा बैंकले शुरु गर्यो व्यवसायिक निरन्तरता कर्जा

३ बर्ष अगाडि

काठमाडौं- सानिमा बैंकले कोरोनाले असर पुर्‍याएको एक होटललाई दुई करोड ऋण दिँदै कर्जा प्रवाह शुरु गरेको छ। बैंकले पहिलो पटक एक होटललाई दुई करोड दिँदै व्यावसायिक निरन्तरता कर्जाको सुरुवात गरेको हो ।

बैकले अन्य फाइलहरूको पनि अध्ययन गरिरहेको जनाएको छ । व्यवसायीहरूले काम गर्ने स्थिति भए मात्रै बैंकहरूलाई पनि फाइदा हुने भन्दै उक्त कर्जाको सुरुवात गरेको बैंकको भनाइ छ ।

सरकारले कोरोनाबाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि कर्जा प्रवाह गर्न सरकारले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ नै बनाएको छ। 

कार्यविधि अनुसार सरकारले राष्ट्र बैंकको बैंकिङ कार्यालयमा ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह सोधभर्ना खाता खोलेको छ। सोही खाताबाट बैंकहरूले कर्जा प्रवाह भएको रकम सोध भर्ना पाउने छन्। 

पहिले बैंकले उपयुक्त ठानेका ऋणीलाई कर्जा दिने छन्। कर्जा दिए जति रकम सोही कोषबाट बैंकहरूले सोध भर्नाका रुपमा पाउने छन्। राष्ट्र बैंकले गरेको वर्गीकरणअनुसारका व्यवसायीहरूलाई सो कर्जा प्रवाह गरिने छ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया