बजाज फाइनान्सलाई साढे २ करोड जरिवाना

३ बर्ष अगाडि

काठमाडौं- बजाज फाइनान्सलाई रिजर्भ बैंक इन्डियाले २ करोड ५० लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ । फाइनान्सले केन्द्रीय बैंकको निर्देशन पालना नगरी ऋणीलाई असुली ऐजेन्ट मार्फत धम्की दिई कर्जा असुल गरेको आरोपमा जरिवाना लगाएको हो ।

आरबीआइले दिएका विभिन्न निर्देशनहरूको उल्लंघन गरेको फाइनान्सलाई आरोप लगाइएको छ । फाइनान्सले फेयर प्रक्टिसेस कोडको पूर्ण पालनाका लागि दिएको विशेष निर्देशन समेत उल्लंघन गरेको बताइएको छ । 

केन्द्रीय बैंकका अनुसार फाइनान्सलाई कारबाही गरिनुको कारणमा रिकभरि एजेन्ट्स मार्फत ग्राहकबाट कर्जा असुलीको प्रयास गरेको छ । एजेन्टले ग्राहकलाई कर्जा असुली गर्ने क्रममा धम्की दिने गरेको पनि आरबीआइले जनाएको छ । 

कारबाही गर्नु भन्दा अघि बैंकले फाइनान्सलाइ कारण देखाउ आदेश समेत दिएको थियो । कारण देखाउ आदेशमा फाइनान्सका तर्फबाट आएको जवाफ चित्त बुझ्दो नभएपछि बैंकले जरिवाना नै लगाइएको बताइएको छ । 

 

३ बर्ष अगाडि

प्रतिक्रिया