कर्जा प्रवाहका लागि लक्ष्मी बैंक र थुलुङ्ग दुधकोशी गाउँपालिकाबीच सम्झौता

३ बर्ष अगाडि

काठमाडौं- थुलुङ्ग दुधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाहका लागि लक्ष्मी बैंकले गाउँपालिकासँग सम्झौता सम्पन्न गरेको छ । 

एक कार्यक्रमका बीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ्ग दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अब उक्त गाउँपालिकाको सिफारिसमा स्थानीय उद्यमि, सहकारी लगायत अन्य संघ संस्थाहरूले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्ने भएका छन् ।

यस सम्झौताले स्वरोजगार तथा उद्यमशीलता विकास गरी आर्थिक रुपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया