सानिमा बैंककाे ४० लाख कित्ता ऋणपत्र बाँडफाँट

३ बर्ष अगाडि

सानिमा बैंकले ‘८।५० प्रतिशत सानिमा डिबेञ्चर २०८७’ बाँडफाँट गरेको छ । बैंकले गत पुस १ गतेदेखि १५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्र पुस २१ गते बाँडफाँट गरेको हो । 

सो बाँडफाँटलाई पुस २२ गते बसेको बैंकको सञ्चालक समितिले अनुमोदन पनि गरिसकेको छ। बाँडफाँट सम्बन्धि विवरण आवेदकहरुले मेरोशेयरबाट हेर्न सकिने बैंकले जनाएको छ।

बैंकले वार्षिक ८।५० प्रतिशत ब्याज पाइने ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो। निष्काशित कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँबराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र १ अर्ब ३० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बाँडफाँट गरिएको हो।

१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया