सानिमा बैंकले गर्यो डिबेन्चर बाँडफाँड

३ बर्ष अगाडि

काठमाडौं- सानिमा बैंकले निष्काशन गरेको ‘८.५० प्रतिशत सानिमा डिबेन्चर २०७८’ बाँडफाँड गरेको छ । पुस २१ गते मंगलबार डिबेन्चर बाँडफाँड गरी बैंक सञ्चालक समितिबाट २२ गते अनुमोदन गरेको सानिमा बैंकले जनाएको छ ।  

बैंकले पुस १ गतेदेखि पुस १५ गतेसम्म एक हजार रुपैयाँ अंकित दरका ४ अर्ब बराबरको ४० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको थियो । जसमध्ये २४ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया