आज सानिमा माई हाइड्रोको साधारण सभा हुँदै

३ बर्ष अगाडि

काठमाडौं- सानिमा माई हाइड्रोपावर कम्पनीले आज वार्षिक साधारण सभा सम्पन्न गर्दै छ । कम्पनीले अकामा होटेल, काठमाडौंमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

हाइड्रोपावर को मंसिर १५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६.७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गराउन पुस २३ गते नवौँ वार्षिक साधारण बोलाउने निर्णय गरेको थियो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि पुस १३ गते बुकक्लोज गरेको थियो । यसअनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

कोरोना संक्रमणका कारण कम्पनीले भर्चुअल माध्यमबाट साधारण सभा बोलाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया