बीमितको विवरण नमिल्दा भेरिफिकेशन गर्न समस्या भयो : स्वास्थ्य मन्त्रालय

३ बर्ष अगाडि

काठमाडौं- कोरोना बीमा दाबी भुक्तानीका लागि पेश भएका बीमितको विवरण नमिल्दा भेरिफिकेशन गर्न समस्या आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कोरोना बीमाको दाबी भुक्तानीमा बीमितको विवरण नमिल्दा भेरिफिकेशनमा समस्या आएको जनाएको हो ।

कोरोना बीमा दाबीका लागि पेश भएका विवरणहरु भेरिफिकेशन गर्दा कतिपयको नाम, थर, उमेर, ठेगाना र पिसिआर नतिजा रिपोर्ट मिति जस्ता न्यूनतम विवरण अपुर्ण भएको र कतिपय व्यक्तिहरुको विवरणहरु मन्त्रालयमा रहेको तथ्यांकसँग रुजु गर्दा भेटाउन नसकिएको मन्त्रालयको मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ । 

सनथै मन्त्रालयले बीमितहरुले भेरिफिकेशनको अवस्थाको जानकारी सम्बन्धित बीमा कम्पनीबाट लिन मन्त्रालयले आग्रह पनि गरेको छ । 

बीमा समितिबाट जारी भएको कोरोना बीमा मापदण्ड अनुसार समितिबाट प्राप्त भएका बीमितहरुको विवरणहरु भेरिफिकेशन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको तथ्यांक अनुसार हाल सम्म ९ हजार ३९२ जनाको भेरिफिकेशन सम्पन्न भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया