अझै ४ स्थानिय तह बैंक विहिन (सुचिसहित)

३ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक बर्षको मंसिर महिना सम्ममा ७४९ स्थानिय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएको छ । कुल ७५३ स्थानिय तह मध्ये उक्त शाखा विस्तार भएको नेपाल राष्ट्र बैंकको तथ्याङले देखाएको हो । 

प्रदेश नम्बर १ का १३७ स्थानिय तहमा मध्ये हाल सम्ममा १३६ वटा वाणिज्य बैंकका शाखाहरु विस्तार भएका छन् । जसमा एउटा स्थानिय तह ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा भने बैंकको शाखा पुगेको छैन । 

त्यस्तै प्रदेश न २ का १३६ वटै स्थानिय तहहरुमा वाणिज्य बैंकको शाखा पुगेको छ । जसमा गत आवको यहि अवधिमा १३५ वटा शाखा विस्तार भएका थिए । भने यो वर्ष १ शाखा विस्तार भए सँगै प्रदेश २ को सम्पूपर्ण स्थानिय तहहरुमा वाणिज्य बैंकका शाखाहरु पगिसकेको हो । 

बागमति प्रदेशको ११९ वटा स्थानिय तह मध्ये ११८ वटामा वाणिज्य बैंकका शाखा पुगेको छ । जसमा गत आवको यहि अवधिमा ११७ वटा साखा पुगेका थिए । भने यो वर्ष १ शाखा विस्तार भए सँगै बागमति प्रदेशमा वाणिज्य बैंकका शाखा ११८ पुगेको हो । साथै वागमति प्रदेशको एउटा स्थानिय तह धादिङको रुवी भ्यालीमा बैंकको शाखा पुगेको छैन । 

यस्तै गण्डकी प्रदेशको ८५ वटा स्थानिय तह मध्ये हाल सम्म ८५ वटा नै शाखा विस्तार भइसकेको छ । जसमा गत आवको यहि अवधि सम्ममा ८४ वटा शाखा विस्तार भएका थिए । भने यो वर्ष एक शाखा थए भएसँगै गण्डकी प्रदेशको सम्पूर्ण स्थानिय तहमा वाणिज्य बैंकका शाखा विस्तार भइसकेको हो ।

त्यस्तै लुम्बिनी प्रदेशको जम्मा १०९ वटै स्थानिय तहहरुमा बैंका शाखा पुगिसकेको छ । यसैगरी कर्णाली प्रदेशको ७९ वटा स्थानिय तह मध्ये अहिले सम्म ७८ वटा वाणिज्य बैंकका शाखाहरु विस्तार भएका छन् । जसमा गत आवको यहि अवधिमा जम्म ८७ वटा बैंकका शाखाहरु विस्तार भएका थिए । भने कर्णाली प्रदेशको एक स्थानिय तह जाजरकोट जिल्लाको जुनीचदि गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुगेको छैन ।

सुदूर पश्चिम प्रदेशको ८८ वटा स्थानिय तह मध्ये अहिले सम्म ७८ वटा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । भने गत वर्षको यहि अवधिमा ८४ वटा बैंकका शाखाहरु विस्तार भएका थिए । त्यस्तै सुदुर पश्चिमको एक स्थानिय तह बझाङ जिल्लाको काँडा गाउँपालिकामा बैंकको शाखा पुगेको छैन । 

कुल ७५३ स्थानीय तहमध्ये २०७७ मंसिरसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । गत आवको यहि अवधिमा जम्म ७५३ स्थानिय तह मध्ये ७४३ स्थानीय तहमा वाणिज्यबैंकहरुका शाखा विस्तार भएका थिए ।

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ मंसिरमसान्तमा १४४ कायम भएको छ । यस अनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्। 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ मंसिरमसान्तमा १००८६ पुगेको छ ।

बैंकका शाखा नपुगेका स्थानिय तहहरु 
१. मिक्वाखोला गाउँपालिका (ताप्लेजुङ)
२. रुवी भ्याली गाउँपालिका (धादिङ)
३. जुनीचदि गाउँपालिका (जाजरकोट)
४. काँडा गाउँपालिका (बझाङ)

३ बर्ष अगाडि

प्रतिक्रिया