कति छ प्राइम बैंकका सीईओको तलव ?

माघ १, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं-प्राइम कर्मशियल बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ, नारायण कुमार मानन्धरले गत आ.व. मा तलब भत्ता लगायतका सुविधा बापत रु. १ करोड ८५ लाख १९ हजार रुपैयाँ बुझेका छन् । बैंकले हालै सार्वजनिक गरेको गत आ.व. को वार्षिक प्रतिवेदनले उक्त रकम बुझेको देखाएको हो ।

उनले आफूले पाउने तलब मात्र रु. ९६ लाख ९० हजार रुपैयाँ बुझेका छन् । त्यस्तै भत्ता बापत रु. ६४ लाख ६० हजार रुपैयाँ, दशैँ भत्ता बापत रु। १४ लाख रुपैयाँ, सञ्चय कोष मार्फत रु। ९६ लाख ९ हजार रुपैयाँ बुझेका छन् ।

उनलाई प्रचलित नियमअनसार बोनश पनि दिइएको छ । तर बोनश रकम देखाइएको छैन । भने गाडीको सुविधा, मोबाइलको सुविधा, र इन्धनको सुविधाको पनि व्यावस्था गरिएको बैंकले जनाएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८