काठमाडौं- हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक समसेर जवराले गत आ.व. मा तलब भत्ता लगायतका सुविधा बापत रु. १ करोड ७९ लाख ७७ हजार ३३९ रुपैयाँ बुझेका छन् । बैंकले हालै सार्वजनिक गरेको गत आ.व. को वार्षिक प्रतिवेदनले उक्त रकम बुझेको देखाएको हो ।
उनले आफूले पाउने तलब मात्र रु. ८७ लाख ५५ हजार १६ रुपैयाँ बुझेका छन् । त्यस्तै भत्ता बापत रु. ७८ लाख ४ हजार ६६१ रुपैयाँ, टेलिफोन मोबाइल बापत रु ५ लाख ६ हजार ३९१ रुपैयाँ, र अन्य सेवा सुविधा बापत ९ लाख ११ हजार २७१ रुपैयाँ बुझेका छन् भने उनले संचयकोष योगदानबापत कुनै सुविधा लिएका छैनन् ।
उनलाई गाडिको सुविधा, विमाको सुविधा दिइएको छ । तर आवस सुविधा भने नदिइएको बैंकले जनाएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।