राष्ट्र बैंकले गर्यो ५० अर्बको पुनरकर्जा स्वीकृत

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ अनुसार  रु. ५० अर्ब ७ करोड बराबरको पुनकर्जा स्वीकृति गरेको छ । राष्ट्र बैंकले चालु आवको पहिलो ५ महिना अर्थात् मंसिरसम्म सो बराबरको पुनरकर्जा स्वीकृति गरेको हो । 
पुनरकर्जा कार्यविधि, २०७७ अनुसार राष्ट्र बैंकले तोकिएअनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा पुनरकर्जा दिन सक्छ । त्योअनुसार नै राष्ट्र बैंकले सो बराबरको पुनरकर्जा स्वीकृति गरेको हो । ४० हजार ९८३ ऋणीलाई सो बराबरको पुनकर्जा स्वीकृति गरिएको हो । 
त्यसैगरी, ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जा १५१ व्यावसायिक फर्महरुलाई रु. २० अर्ब ७१ करोड स्वीकृत भएको नेपाल राष्ट्र बैंकको एक तथ्यांकले देखाएको छ ।
यस्तै, राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा रु. २४ अर्ब ११ करोड लगानीमा रहेको तथ्यांकमा उल्लेख छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया